Madhyabindu News App
सुदूरपश्चिम प्रदेश

जसपाले सुदूरपश्चिममा गठबन्धन तोड्यो

Madhyabindu Online


A A- A+

धनगढी – जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन तोड्ने निर्णय गरेको छ।

प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो।

शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। तर, जसपालाई सहभागी गराइएको छैन।

‘केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो,’ जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले भने, ‘तर जसपालाई आउट गर्दै तीन दलअघि बढेपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेका हौँ।’ उनले आगामी निर्वाचनमा सुदूरपश्चिममा गठबन्धन नहुने बताए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनु भयो कि ?