Madhyabindu News App
अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

Madhyabindu Online


A A- A+

काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। गएराति पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्।

विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्वास प्रस्तावको पक्षमा १७४ मत परेको छ। यो प्रस्ताव पारित गर्न १७२ मत आवश्यक थियो।

पाकिस्तानी सभामुख असद क्वेसरले राजीनामा गरेपछि सांसद अयाज सदिकले संसद्को अध्यक्षताका ग्रहण गरेका थिए। पास्कितानी सर्वोच्च अदालतले राति १२ बजेभित्र अविश्वास प्रस्तावमाथि मत विभाजन गर्न आदेश दिएको थियो।

प्रधानमन्त्री खानको बहिर्गमनसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुने भएको छ। संसदको नेतृत्व गरिरहेका प्यानल अध्यक्ष सदिकले आज दिउसो २ बजे प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय दिएका छन्।

त्यसपछि सोमबार बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ। पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन्।

छुटाउनु भयो कि ?