आर्थिक

१८ प्रतिशतसम्म पुग्यो कर्जाको ब्याजदर, कुन बैंकको कति? (सूचीसहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो।

अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म तोकेका छन्।

चैत २९ गतेसम्म यस्तो अन्तर बैंक ब्याजदर ७.०४ प्रतिशत पुगेको छ। जबकि यसलाई ७ प्रतिशतभित्रै राख्ने गरी ब्याजदर डोर्‍याउन ब्याजदर करिडोरको माथिल्लो सीमासमेत स्थायी तरलता सुविधाअन्तर्गतको ब्याजदर ७ प्रतिशतलाई नै राखिएको छ।

वाणिज्य बैंकहरूको निक्षेपको तुलनामा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि ९१.२२ प्रतिशत पुगेको छ। असारसम्म बैंकहरूले यो अनुपात ९० प्रतिशतभित्र सीमित पार्नुपर्छ।

बैंक आधार दर प्रिमियम स्थिर कर्जा अधिकतम ब्याजदर
सिटिजन्स बैंक .६९ १४.६९ १२
कुमारी बैंक .६९ १५.१९ ११.७५
नेपाल इन्भेष्टमेन्ट बैंक .१६ १४.१६  
ग्लोबल आइएमइ बैंक .०१ १५.०१ १४
लक्ष्मी बैंक . १५. १४.९९
माछापुच्छ्रे बैंक .३१ १६.८१ १५
एनआइसी एसिया बैंक .४४ १५.४४ १३.८९
बिओके . १६. १४.४८
नेपाल बैंक .९२ ११.०८ १३.९३
राष्ट्रिय वाणिज्य बैंक .१४ ११.१४ १२
एनएमबी .०७ १५.०७ १५.०७
सनराइज बैंक . १६. १४.
नेपाल एसबिआइ .६९ १६.६९ १५.
एभरेष्ट बैंक .५९ १५.५९ १५
सिभिल बैंक .७८ १७.७८ १६.७८
एनबिबी .११ १४.११ १२.९९
सानिमा बैंक .७५ १५.७५ १५.
प्रभु बैंक .७९ १५.७९ १४.९९
हिमालयन बैंक .६६ १५.६६ १३.९९
एनसिसी बैंक .३१ १६.३१ १३.२९
स्ट्यान्डर्ड चार्टर्ड बैंक .४१ १२.४१ १२.७५
नबिल बैंक .३९ १४.३९ १४.९९
मेगा बैंक .५४ १६.५४  
सेञ्चुरी कमर्सियल बैंक .३८ १५.३८ १२.९९
सिद्धार्थ बैंक .३८ १५.३८ १४
प्राइम कमर्सियल बैंक .९८ १५.९७ १४

छुटाउनु भयो कि ?