Madhyabindu News App
मनोरञ्जन

पुरुषोत्तम सापकोटा र अनु पराजुलीको ‘सलाम छ शिरमा’ बजारमा

Madhyabindu Online


A A- A+

काठमाडौं – लोक क्षेत्रका उदयीमान नव गायक पुरुषोत्तम सापकोटाको ‘सलाम छ शिरमा’ बोलको गीत सार्वजनिक भएको छ । केहि दिन अघि मात्र बजारमा आएको हो ।

माया पिरतीका कुराहरुलाई गीतको माध्यमबाट ब्यक्त गरिएको उक्त साङ्गितिक कोशेलीको शब्द अशोक कुमार सापकोटाको रहेको छ भने संगीत सुफिक्स मदन को रहेको छ। केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन ।

गीतमा नव गायक पुरुषोत्तम सापकोटा र पछिल्लो समयकी चर्चित गायिका प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ।

भिडियोमा अहिले पछिल्लो समयमा अत्यन्तै मन पराइएको चर्चित मोडल अनु पराजुली र पुरुषोत्तम सापकोटाको दमदार अभिनय रहेको छ।

भिडियाेमा मिलन श्रेष्ठको निर्देशन रहेको छ भने सम्पादन रोशन धितालले गरेका छन्। भिडियाे प्रतिमा अर्यालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

छुटाउनु भयो कि ?