अभियन्ता ई:का प्रतिनिधि र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

घोषणा पत्र – ऋषभदेव घिमिरे
प्रिय मुदिता !
जयनेपाल !
म चाहन्छु
दलको होइन
व्यक्तिको होइन
नेपाल र नेपालीको जय होस् !
मुदिता !
तिम्रो र मेरो चाहना एउटै हो
बिजय होस् ( न्याय र समानताको
स्वतन्त्रताको सहादत भएको
हेर्न,सुन्न र भोग्न न तिमी सक्छ्यौं न म
सर्वहाराको नाममा
संकटमोचन गर्छु भन्ने
विरोधाभाषपूर्ण भाषण कति सुन्नु अब
कति पढ्नु बेसुरा घोषणापत्र
दैलो अगाडि उभिएका छन
भीमकाय चुनौतीका पहाडहरू
टोल र शहरमा
फोहरको चुचुरोले कौसि नाघेको छ
सहिद र घाइते योद्धाका सपनाहरू पुरिएको छ
सामुन्ने आएको छ चुनाव
चुनाव रहर होइन बाध्यता हो
भोट समर्पण होइन सत्याग्रह भएको छ
तिम्रो र मेरो मुल्यवान भोट
जीवन र आकांक्षाको बलिदानी होइन
स्वाभिमान हो , अनुष्ठान हो
यो चुनावी बखतको बाह्रमासे घोषणापत्रमा
उद्धृत नाराले
के गाउन सक्लान् तिम्रो र मेरो गीत
निकम्मा छन्
तिमीले लेख्न लगाएका घोषणापत्रहरू
कतै साभार गरिएका
कतै ूकटपेष्टू भएका
कुनै पुराना बोतलमा भरिएका
नयाँ रङ्गिन बिजुलीपानी
यो विषम र खोस्टे घोषणापत्र पढेर
म कसलाई खसालौ भोट रु
घोषणापत्रका पानहरूमा
फेरिएनन् सङ्कल्पहरू
ज्यूँ का त्यूँ छन समृद्धिका सपना
कति पढ्नु , कतिका पढ्नु
ूकान्छी डुइनिलेू लेखेको चिर्कटो भन्दा पनि
गैवार छन दलिय घोषणा
लेखेरै हुने भए धेरै लेखिए घोषणापत्र
बोलेरै हुने भए धेरै बोलिए उखानहरू
दोष दिनु व्यर्थ छ कौवालाई
कौवा कराएको करायै छ
पिना सुकेको सुक्यै
स्खलित दर्शन
अपाहिज योजना
नारा १ नारा ११ नारा १११
बेतुकका अरनीसपनाहरू
अनुत्पादक वाक्यगठन
उदेकलाग्दा अनुच्छेद
अमौलिक( आचारमिमांसा
गणेश रचना गर्दा बादर रचना भए जस्तो
पाङ् न पुङ्का खच्चरे घोषणापत्र पढेर
कसलाई दिनु आफ्नो अमुल्य मत रु
मुदिता
खै टोल उठेको घोषणापत्र
खै स्थानीय रुपान्तरणको चित्र
खै तिम्रो र मेरो भावना सम्बोधन हुने घोषणापत्र ?