नयाँ समाचार

उदय सोताङको स्वर, सुमनको शब्दमा  ‘थाहा छैन’ सार्वजनिक ( भिडियो )

Madhyabindu Online


A A- A+

काठमाडौँ – प्रेम र बिछोडको कथामा आधारित मनछुने म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक भएको छ।

यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको  कर्णप्रिय आवाज रहेको छ ।  गीतकार सुमन योञ्जनको मर्मस्पर्शी  शब्द रहेको यस गीतलाई स्वयम् गायक सोताङले संगीतवद्द गरेका हुन्।  गीतमा कृष्ण लिम्बुको   संगीत संयोजन रहेको छ।

भिडियोमा मुकुन भुषाल र बिमला लिम्बुको शसक्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।  सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा  तयार पारिएको हो।

देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार योञ्जनको शब्दमा ‘फिदा’ ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’ ‘कालापानी’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

भिडियो लिंक: https://youtu.be/31s6g-G-Xf0

छुटाउनु भयो कि ?