
समाज
भारतीय कांग्रेस नेता राहुल गान्धी काठमाडौंमा
काठमाडौं – भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं आइपुगेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार गान्धी होटल मेरियटमा रहनेछन्। उनी छुट्टी मनाउन नेपाल आएको र रारा, मुस्ताङलगायत स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
स्रोतका अनुसार उनी नितान्त घुमघामका लागि नेपाल आएको बताइएको छ।