
समाज
गोरखामा जन्ती बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं – गोरखाको सिरानचोक गाउँपालिका–७ आरुबोटे स्थित फिरफिरेभिरमा जन्ती सवार जिप दुर्घटना भएको छ ।
चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको गोरखाका एसपी केदार खनालले बताए ।
दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको एसपी खनालले बताए । रोकेर राखेको जिप अचानक अघि बढेर भिरबाट खसेको थियो ।
प्रहरिका अनुसार दुर्घटनाग्रस्त जिप चितवनको भरतपुर नगरपालिका–२७ घर भएका घनश्याम काफ्लेले चलाएका थिए ।