अन्तर्राष्ट्रिय

प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए राजीनामा

Madhyabindu Online


A A- A+

काठमाडौँ – श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको पदबाट सोमबार राजीनामा दिएका छन्।

श्रीलंकाली अखबार डेली मेलका अनुसार महिन्दाले राष्ट्रपति गोताब्य राजापाक्षेसमक्ष राजीनामा बुझाएका हुन्।

सरकार समर्थक र विरोधीबीच भइरहेका झडपका कारण राजधानी कोलोम्बो तनावग्रस्त बनेका बेला प्रधानमन्त्री महिन्दाको राजीनामा आएको हो।

डेली मिररका अनुसार भाई गोताब्यले महिन्दालाई शुक्रबार नै राजीनामा दिन अनुरोध गरेका थिए। महिन्दाले आफ्नो दल एसएलपीपीका सासंद्हरूलाई राजीनामाबारे जानकारी दिइसकेको बताइएको छ।

छुटाउनु भयो कि ?