Madhyabindu News App
अन्तर्राष्ट्रिय

श्रीलंकामा भएको हिंश्रक प्रदर्शनमा १२ बढी मन्त्रीको घर जलाइयो

Madhyabindu Online


A A- A+

काठमाडौं – सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले विपक्षीको दबाबमा पदबाट राजीनामा दिएपछि एकाएक श्रीलंकाका अधिकांश क्षेत्रमा हिंसा फैलिएको छ ।

उनको राजीनामापछि दुःखी भएका समर्थकले एकाएक हिंसात्मक घटना गराएका छन् । त्यसपछि विपक्षीसमेत उग्र बनेका छन् । जसले जहाँ भेट्यो त्यहीँ सिध्याउने खेलमा लागेका छन् ।

हिंश्रक प्रदर्शनमा आधा दर्जनबढीको ज्यान गइसकेको छ भने दुई सय बढी घाइते भएका छन् । यो स्थिति हेर्दा आर्थिक संकटको चपेटामा परेको श्रीलंका गृहयुद्धतिर धकेलिएको विश्लेषण गरिएको छ ।

राजापाक्षेका समर्थकले कोलम्बो छाडेर जाने कोसिस गरेपछि उनीहरुमा गाडीमा ठाउँठाउँमा निशाना बनाएर तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले राजपक्षको पुर्ख्यौली घरसमेत आगो लगाएर जलाइदिएका छन् । कोलम्बोमा पूर्व मन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फ्याँकिएको छ ।

अहिलेसम्म १२ बढी मन्त्रीहरुका घर जलाइसकिएको छ । प्रधानमन्त्रीको आधिकारिक आवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर ट्रकमा आगो लगाइएको छ ।

हिंसात्मक भीडले पूर्व मन्त्री जान्सटन फर्नान्डाको माउन्ट लाविनिया क्षेत्रमा रहेको आलिशान घरमा आगो लगाइदिएका छन् । एजेन्सी

 

छुटाउनु भयो कि ?