
समाज
उपप्रमुख पदकी उम्मेदवार कुर्मीको मृत्यु
काठमाडौं – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको सोमवार राति मृत्यु भएको छ ।
निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
महाराजगञ्जका निर्वाचन अधिकृत कुवेर पाण्डेले उम्मेदवारको मृत्युबारे आफूहरुलाई बिहान लिखित जानकारी आएको बताए ।
उनले कुर्मीको निधनको जानकारी आफूहरूले निर्वाचन आयोगमा गराइसकेको भन्दै आयोगको निर्देशन आफूहरूले कुरेर बसेको बताए ।