Madhyabindu News App
राजनीति

उपमेयर उम्मेदवारकाे मृत्यु भएपछि बुहारी लाई टिकट

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनकै बुहारीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनकै जेठी बुहारी रीताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो ।

हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ ।

महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रीताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको बताईन् ।

आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगञ्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले बताए ।

छुटाउनु भयो कि ?