Madhyabindu News App
राजनीति

नक्कली ट्विटर एकाउन्टले हैरान कुलमान घिसिङ

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नक्कली ट्विटर एकाउन्टबाट स्थानीय तह निर्वाचनसम्बन्धी गलत सूचनाहरु सम्प्रेषण भइरहेको भन्दै ध्यानाकर्षण जनाएका छन्।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै घिसिङले आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक अन्य कुनै ट्वीटर ह्यान्डल नभएको प्रष्ट पारेका छन्।

उनले भने, ‘मेरो नाम र तस्विर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ। मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली स्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु।’

यसअघि मंगलबार कुलमानको नाम र तस्बिर भएको एउटा ट्विटर ह्यान्डलबाट काठमाडौंका उम्मेदवारको पक्षमा भोट मागिएको थियो।

@Kulmanghising2D नामक ट्विटर आइडीबाट स्वतन्त्र व्यक्ति, स्वतन्त्र उम्मेदवार भन्दै बालेन शाहको पक्षमा भोट मागिएको थियो। यो आइडीमा १७ हजारबढी फ्लोवर रहेका छन्।

छुटाउनु भयो कि ?