Madhyabindu News App
मुख्य खबर​

शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा प्रधानमन्त्रीले दिए धन्यवाद

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिएका छन्।

शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर उनले निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रधानमन्त्रीसमेत रहेका देउवाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

‘शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्, ‘ यसैगरी मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उत्साहजनक सहभागिता जनाइ मतदान गर्नु हुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।’

Northpole

छुटाउनु भयो कि ?