Madhyabindu News App
स्थानीय तह

मेलम्ची नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको मतगणना अझै शुरु हुन सकेन

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको मतगणना अझै शुरु हुन सकेको छैन ।

मेलम्चीको ज्यामिरे केन्द्रमा धाँधली भएको आरोप लगाउँदै एमालेले मतगणना शुरु गर्न मानेको छैन । एमालेका प्रतिनिधिहरुले मतदान सकिएको मुचुल्कामा हस्ताक्षर समेत गरेका छैनन् । काँग्रेसले तत्काल मतगणना शुरु गर्न माग गरिरहेको छ ।

यसैक्रममा मेलम्चिको मतगणना राति ९ बजेबाट गरिने सहमति भएको नेपाली काँग्रेस मेलम्चि-१० का वडाध्यक्षका उम्मेदवार अमृत खनालले बताए ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा भने गुन्सा केन्द्रमा एमालेले चुनावमा धाँधली गरेको भन्दै माओवादीले पुनः चुनाव गर्न माग गरेको छ । दुवै पालिकामा समस्याको समाधानको लागि छलफल भइरहेको निर्वाचन अधिकृतहरुले बताएका छन् ।

 

छुटाउनु भयो कि ?