Madhyabindu News App
मुख्य खबर​

१ सय ६७ पालिकाको अन्तिम नतिजा – कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी

Madhyabindu Online


A A- A+

काठमाडौं – स्थानिय तह निर्वाचन २०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ ।

कांग्रेसले अहिलेसम्म १२ वटा नगरपालिका र ६४ वटा गाउँपालिका गरी ७६ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । यस्तै ९५ वटा नगरपालिका र एक सय ६ वटा गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका उम्मेदवार अगाडि रहेका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै कांग्रेसले आठ वटा नगरपालिकाको उपमेयर र ६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ । ७० वटा नगरपालिकाको उपमेयर र ९६ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म एक हजार दुई सय ३० वडाध्यक्ष, एक हजार दुई सय १६ महिला सदस्य, एक हजार एक सय ७७ दलित महिला सदस्य र दुई हजार चार सय १६ सदस्य पदमा जित निकालेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले तीन वटा नगरपालिकाको मेयर र ४५ वटा गाउँपालिकाको अध्यक्ष गरी ४८ वटा पालिका प्रमुखमा जित निकालेको छ भने ५७ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख पदमा अगाडि रहेको छ ।

एमालेले ६ वटा नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७५ वटा नगरपालिकाको उपमेयर र ६८ वटा गाउँपालिकाको उपाध्यक्षमा एमाले अगाडि छ । यस्तै एमालेले नौ सय ४१ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले एक हजार २० महिला सदस्य, नौ सय ९४ दलित महिला सदस्य र दुई हजार ४५ सदस्य जितेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै तेस्राेमा रहेको माओवादी केन्द्रले दुई वटा नगरपालिकाको मेयर र ३४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र १९ नगरपालिका र ४८ गाउँपालिकाको प्रमुखमा अघि छ ।

माओवादी केन्द्र तीन नगरपालिकाको उपमेयर र ३० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले पाँच सय ३१ वडाध्यक्ष, पाँच सय एक महिला सदस्य, पाँच सय २५ दलित महिला सदस्य र नौ सय ४३ सदस्य जितेको छ ।

यस्तै एउटा नगरपालिका नेपाल मजदुर किसान पार्टीले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा नगरपालिकाको मेयर जितेका छन् । नेकपा एकीकृत समाजवादीले दुई वटा गाउँपालिकाको अध्यक्ष र एउटा गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेको निर्वाचन आयोगले जनाएको छ ।

Northpole

छुटाउनु भयो कि ?