Madhyabindu News App
मुख्य खबर​

बजेट अधिवेशन आजदेखि

Madhyabindu Online


A A- A+

काठमाडौं – सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुने भएको छ । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुने भएको छ ।

ढिला गरी अधिवेशन आह्वान भएकाले यस पटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशनको तयारी पूरा भइसकेको बताए ।

अधिवेशन प्रारम्भसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गर्ने तयारी रहेको जानकारी दिए ।

उनका अनुसार कोरोनाको समयमा भएको सिट व्यवस्थाअनुसार नै बैठक सञ्चालन हुनेछ । कोभिड प्रोटोकलको पालनासँगै सांसदहरूको आसनको बीचमा एक सिट खाली राखेर आसनको व्यवस्था मिलाइएको छ ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेस हुनेछ । अधिवेशन सिफारिसकै दिन सरकारले दुई अध्यादेश जारी गरेको थियो । औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २५ गते अध्यादेश जारी गर्नुभएको थियो । यस्तै मङ्गलबारको बैठकमा अध्यक्ष मण्डलको घोषणा पनि हुनेछ ।

यस्तै सचिवालयले जेठ ७ गते संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ । सरकारसँगको परामर्शमा नीति कार्यक्रममा लागि ७ गतेको बैठक तय गरिएको हो । सरकारका तर्फबाट राष्ट्रपतिले नीति कार्यक्रम पेस गर्ने व्यवस्था छ ।

Northpole

छुटाउनु भयो कि ?