Madhyabindu News App
मुख्य खबर​

नौ महिनापछि एमालेद्वारा संसद अवरोध फिर्ता

Madhyabindu Online


A A- A+

काठमाडौ – नेकपा एमालेले गत वर्ष भदौ २३ गतेदेखि जारी राखेको संसद् अवरोध फिर्ता लिएको छ । पार्टीका उपमहानसचिव प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताएका हुन् ।

बैठक सुरु भएलगत्तै प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको बताए ।

उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी दिए । उनले देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको बताए । उनले आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले उचित ढंगले फैसला गरेको बताए। उनले जनताको त्यही फैसलालाई शीरोधार्य गर्दै अवरोध फिर्ता लिएको उनले बताए।

मुलुक आर्थिक संकटमा परेको भन्दै संसद्को अवरोध हटाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

मंगलबार प्रतिनिधि सभामा बोल्दै ज्ञवालीले भने, “मुलुक राष्ट्रिय सङ्कटतिर गएकाले हामीले संसद्को अवरोध हटाएर विरोधलाई फरक ढंगले लैजाने निर्णय गरेका छौं।”

एमाले २०७८ भदौ २३ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो।

Northpole

छुटाउनु भयो कि ?