Madhyabindu News App
स्थानीय तह

पुर्वमन्त्री बस्नेतको गृहनगर बाह्रविसेमा कांग्रेसको शान्दार जित

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा कांग्रेसले विजय हाँसिल गरेको छ। बाह्रबिसेको नगर प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्।

प्रमुखमा कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेत विजयी भएका छन्। कांग्रेस क्षेत्रीय सभापति रहेका बस्नेतले ७ हजार ७ सय २८ मत ल्याए। उनका निकट्तम निवर्तमान नगर प्रमुख एमाले उम्मेदवार निमफुञ्जो शेर्पा प्रतिश्पर्धी शेर्पाले ५ हजार ४ सय ३३ मत मात्र पाए।

अघिल्लो स्थानीय तह निर्वाचनमा बस्नेतबिरुद्ध शेर्पाले २ सय मतान्तरले बाजी मारेका थिए। तर योपटक २ हजार २ सय ९९ को भारी मतले हराउँदै बस्नेतले शेर्पासँग बदला लिए।

त्यस्तै निवर्तमान उपप्रमुख रहेकी सुशीला पाख्रिन कांग्रेसी नयाँ अनुहार मञ्जु तामाङसँग पराजित भइन्। तामाङले पाख्रिनलाई ९ सय ७७ मतान्तरले हराइन्। तामाङले ६ हजार ९ सय ७७ मत पाउँदा पाख्रिनले ५ हजार ९ सय ९० मत ल्याइन्।

बाह्रविसे कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगर हो। आधार क्षेत्र हुनुको बाबजुद अघिल्लो निर्वाचनमा यो नगर कांग्रेसले गुमाएको थियो। बाह्रबिसेका नौमध्ये ६ वटावडासहित प्रमुख, उपप्रमुख जितेर कांग्रेसले एमालेसँग बदला लिएको छ।

 

Northpole

छुटाउनु भयो कि ?