Madhyabindu News App
स्थानीय तह

बलेफिको एउटा मात्रै वडा जितेको माओवादीले अध्यक्षमा बाजि मार्यो

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा माओवादीका उम्मेदवार गंगाबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

बलियो प्रतिस्पर्धी मानिएको कांग्रेस उम्मेदवार सुवास तिमिल्सिनालाई ५ सय ६१ मतान्तरले हराउँदै तामाङ निर्वाचित भएका हुन्। तामाङले ४ हजार ६ सय ६६ मत पाए। त्यस्तै उनका प्रतिस्पर्धी तिमिल्सिनाले ४ हजार १ सय ५ मत मात्र ल्याए।

उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार सरु लामा तामाङ उपाध्यक्षमा निर्वाचित भइन्। उनले ४ हजार ३ सय ९४ मत पाइन्। उनले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सपना थापाले ३ हजार ६ सय ६३ मत ल्याइन्।

आठवटा वडा रहेको बलेफीमा कांग्रेसले ६ तथा एमाले र माओवादीले एक-एक वडा जितेका छन्। तर एउटा वडा जितेको माओवादीले गाउँपालिका अध्यक्षमा भने विजय प्राप्त गरेको छ।

Northpole

छुटाउनु भयो कि ?