Madhyabindu News App
आर्थिक

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे मर्जरको सहमति

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । शुक्रबार दुबै बैंकले एकआपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदी पत्रमा हस्ताक्षर गरेका हुन् ।

हिमालयन बैंक सँगको मर्जर भाडिए सँगै नेपाल इन्भेष्टमेन्टले नयाँ जोडी खोज्ने क्रममा मेगा सँग मर्जर गर्ने निर्णय गरेको हो । समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट पृथ्वी बहादुर पाडे र मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर  गरेका हुन् ।

हिमालयन सँग मर्जर भाडिए लगत्तै नेपाल इन्भेष्टमेन्टले मेगा बैंक सँग छलफल अगाडि बढाएको थियो । दुबै बैंक  विचमा धेरै कुराहरुमा समझदारी पछि बल्ल आज सम्झौता भएको हो ।

दुई बैंकको मर्जर पछि बन्ने बैंक नेपालकै सर्वाधिक ठुलो पूँजी भएको बैंक बन्नेछ । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ बन्ने विषयमा सहमति भएको छ ।

नामका साथै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको विषयमा नि सहमति जुटेको छ । मर्जर पछि बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्टकै ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । मर्जर पछि बन्ने सञ्चालक समितिमा दुबै बैंकका प्रतिनिधि रहनेछन् ।

Northpole

छुटाउनु भयो कि ?