सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड [पूर्णपाठ सहित]

Madhyabindu Online


A A- A+

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा पुँजीगततर्फ ६५ दशमल ७५ प्रतिशत र चालुतर्फ ३३ दशमलव ४६ प्रतिशत रकम विनियोज गरेको आर्थिक मामिलामन्त्री प्रकाश रावलले बताए ।

विनियोजित कुल बजेटमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख रहेको मन्त्री रावलले बताएका छन् । चालु आर्थिक वर्षभन्दा झण्डै ६ अर्ब बढी रकमको बजेट ल्याएको सरकारले परम्परागत शैलीकै कार्यक्रम र बजेट विनियोजन गरिएको छ ।

बजेटमा बाढीपहिरो प्रभावितका लागि १ अर्ब १२ करोड, खानेपानी संरचना निर्माण १ अर्ब ६७ करोड ९७ लाख, सिँचाई र यान्त्रीकरणका लागि ७५ करोड, विपन्न समुदायका लागि एकीकृत बस्ती १९ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ भने शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ । एक अर्ब बजेटसहित प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम नयाँ कार्यक्रम आएको छ ।

यस्तो छ बजेटको पूर्णपाठ –

छुटाउनु भयो कि ?