Madhyabindu News App
समाज

केयूकेएल जिएमको राजीनामा माग्दै कर्मचारी युनियनहरू धर्नामा

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौ उपत्यका खानेपानी लिमिटेड ( केयूकेएल ) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यको राजिनामा माग्दै चार कर्मचारी युनियनहरु धर्नामा बसेका छन् ।

केयूकेएल कर्मचारी संघ लगायत चार कर्मचारी युनियनहरु विभिन्न माग राखी केन्द्रीय कार्यालयमा धर्ना बसेका हुन् ।

जिएम शाक्यले २०७७ माघ २६ गते पेश भएको संस्थागत सुधार र नीतिगत सुधारबारे कुनै चासो नदेखाएको , समयमा लेखा परिक्षण नगराएकोले २०७४ देखि वार्षिक सभा हुन नसकेको , कर्मचारीहरुलाई सरुवा लगायत विषयमा आस्थाका आधारमा पक्षपातपुर्ण कार्य गरेको आन्दोलनरत कर्मचारी युनियनहरुले जनाएको छ ।

यसैगरी शाक्यले कम्पनी संचालनको बिजनेस प्लान दिन नसकेको , संचालक समितिबाट भएको निर्णयहरु कार्यान्वयन नगरेको, संस्थागत सुशासन कायम गर्ने तर्फ ध्यान नदिएको , समयमा कर्मचारीको पदपूर्ति नगरेको आरोप युनियनहरुले लगाएका छन् ।

यसैगरी शाक्यको कार्यशैलीप्रती मन्त्रालय र दातृ निकाय समेत सन्तुष्ट नरहेको कर्मचारी युनियनहरुको दाबी छ ।

Northpole

छुटाउनु भयो कि ?