Madhyabindu News App
स्थानीय तह

‘कम्युनिस्टले जस्तो झुठ बोलेर जनतालाई कांग्रेसले झुक्याउँदैन’- नेता बस्नेत

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पाल्चोकको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकको जयबागेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित भवनको नेता बस्नेतले उद्घाटन गरेका हुन् ।

नेता बस्नेतले कांग्रेसले मात्रै मुलुकको विकास गर्ने र कम्युनिस्टले जितेर जाँदा गाउँको विकासमा सिन्को पनि भाँच्न नसकेको बताए । ‘कांग्रेसले जे काम गर्छ त्यही बोल्छ’, नेता बस्नेतले भने, ‘कम्युनिस्टले जस्तो झुठ बोलेर जनतालाई कांग्रेसले झुक्काउँदैन ।’

गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँदै उनले पाल्चोक मन्दिर, सडक खानेपानी विद्युतको साथै हेलम्बुको पर्यटन समग्र हेलम्बुको विकासमा आफू सधैँ लागि पर्ने यसको जिम्मेवारी आफ्नो भएको बताए ।

शिक्षा विकास तथा समन्वय ईकाइको सहयोगमा निर्मित ४ कोठे पक्की भवन ६९ लाख ७० हजार रुपियाँमा निर्माण भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामगोपाल श्रेष्ठले भवन निर्माणमा रकम नपुगेको र ई–सिडी कक्षामा सामग्री अनि शिक्षकको तलब अभाव रहेको पनि बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सदस्य कृष्णकुमार तामाङ ‘समिर’ले २२५ जना विद्यार्थीलाई ट्रयाक सुट, शैक्षिक सामग्री दिने प्रतिवद्धता जनाएका छन् ।

मेलम्ची कांग्रेसका उप–सभापति रामशरण गिरीले सरस्वती मन्दिर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरीको सभापतित्वमा सपन्न भएको थियो ।

Northpole

छुटाउनु भयो कि ?