
बालेनलाई आरजुको प्रश्न – ‘रुटिन अफ नेपाल बन्द’लाई कतिमा हायर गर्नु भो ?
काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सामाजिक सञ्जालमा सक्रिय ग्रुप (रुटिन अफ नेपाल बन्द)लाई कतिमा खरिद गरेको भन्दै प्रश्न गरेकी छन्।
सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै नेतृ राणाले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरोप लगाएकी हुन्।
उनले स्वतन्त्रहरूले गुण पहिचान गरी जित निकालेको पनि बताइन्। ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो,’ उनले भनिन्।
पत्रकारिता छोडेर राजनीतिमा होमिएका रवी लामिछानेप्रति इङ्गीत गर्दै उनले भनिन् ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्,’। ‘हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा।’