Madhyabindu News App
राजनीति

जसपाका सबै मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री छान्ने अधिकार अध्यक्ष यादवलाई

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले  सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।

सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले रातोपाटीलाई बताए । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन ।

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई  कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ ।

छुटाउनु भयो कि ?