Madhyabindu News App
मुख्य खबर​

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

मंगलबार साँझ शीतलनिवासमा राषेट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । परियारका अनुसार भेटवार्ताको कुनै विशेष विषय नभएको र नियमित भेटघाटमात्रै भएको हो ।

‘१५ दिन २० दिनमा भेटघाट हुने नियमित प्रचलन नै हो। सोही अनुसार आज भेट भएको छ’, नियमित भेटघाटमा समसामयिक बिषयहरु त उठ्नेनै भएनि ! उनले भने ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

छुटाउनु भयो कि ?