Madhyabindu News App
राजनीति

रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने निश्चित

Madhyabindu Online


A A- A+

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले गत असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ ।

पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

२०७३ साल मंसिर ३० गते पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहनेगरी आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ ।

निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन । राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर  १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ ।



छुटाउनु भयो कि ?