Madhyabindu News App
स्वास्थ्य

एकैदिन थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालमा एकैदिन थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४  घन्टामा देशभरबाट १६२० नमूनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार ४४ जनामा कोरोना संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १००८ नमूनाको पीसीआर र ६१२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ५१ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले  जनाएको छ। थप १९ जना कोरोनामुक्त भएका छन्। यस्तै, सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो १४ घन्टामा थप १ लाख ८४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

छुटाउनु भयो कि ?