
देशभरका सरकारी वेबसाइट आधा घण्टा बन्द
काठमाडौं – वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् ।
काठमाडौंमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए ।
निर्देशक पोखरेलले सरकारी वेबसाइटको ब्याकअप सिष्टम हेटौंडामा राखिएकोले तत्कालै रिकभर गर्न नसकेपछि आधा घण्टापछि पुन: देशभर सरकारी वेबसाइटहरु सुचारु भएको बताए ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा देशभरका करिब ३ हजार ५७ वटा सरकारी कार्यालयका वेबसाइट डिएनएसमा दर्ता भएका छन् भने १ हजार ३४५ बढी वेबसाइटहरु सी प्यानलमा होस्ट गरिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।