
कांग्रेस नेता अर्जुननरसिंह केसी अस्पताल भर्ना
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पताल भर्ना भएका छन्।
मुटुको चालमा समस्या देखिएपछि केसीलाई मंगलबार बिहान काठमाडौंको धुम्बराही स्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको केसीका सहोदर भाई एवं काँग्रेसनेता जगदिश्वर नरसिंह केसीले बताए ।
‘हिजो अपरेशन गरेर पेसमेकर राखिएको हो। उहाँको स्वास्थ्य सुधारउन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिनुभएको छ,’ केसिले भने, ‘उहाँलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।’
काँग्रेस नेता केसीको स्वास्थ्य अवस्थाको जानकरी लिन काँग्रेस महामन्त्री गगन थापा केन्द्रिय सदस्य सुनिल बहादुर थापा लगाएतका नेता कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।