Madhyabindu News App
मुख्य खबर​

महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा मुद्दा

Madhyabindu Online


A A- A+

काठमाडौँ – महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाको विरुद्धमा उनिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन्।

थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा ललितपुर जिल्ला सरकारी वकिल कार्यालय सरुवा गरिएको थियो ।

नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरले बताउँदै आएकी छन् ।

थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुन: निवदेन दिएकी थिइन् । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् ।

थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।

अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ ।

छुटाउनु भयो कि ?