Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतमा आज राष्ट्रपति निर्वाचन, द्रौपदी मुर्मु र यशवन्त सिन्हाबीच प्रतिष्पर्दा

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । सोमबार हुने निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

संसदको बर्खे अधिवेशनको पहिलो दिन भारतमा राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।

सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु  एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।

ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारका साथै शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

विपक्षी उम्मेदवार यशवंत सिन्हालाई समर्थन गर्ने ठाकरे गुटले १६ सांसदहरूले उद्धव ठाकरेलाई भेटेर मुर्मुलाई मतदान गर्न सुझाव दिएको छ ।

छुटाउनु भयो कि ?