Madhyabindu News App
अन्तर्राष्ट्रिय

श्रीलंकामा आज राष्ट्रपति छानिँदै, तीन जना मैदानमा

Madhyabindu Online


A A- A+

काठमाडौं – जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ। कार्यकारी अधिकारसहितको श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान हुन लागेको हो।

यसपालि नयाँ राष्ट्रपति बन्न तीन जना मैदानमा छन्। अहिलेका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलास अलाहप्पेरूमा र अनुरा कुमारा दिस्सानायकेले मंगलबार उम्मेदवारी दिएका छन्।

श्रीलंकाको संसद २२५ सदस्यीय छ। त्यसमध्ये सबैभन्दा धेरै राजापाक्षेहरूले नेतृत्व गरेको श्रीलंका पोदुजन पेरामुनाका १०० सांसद छन्।

६ पटक प्रधानमन्त्री भइसकेका र अहिले कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन रहेको बताइन्छ। उनलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए।

श्रीलंका पोदुजन पेरामुनाका सबै सांसदले मत दिए विक्रमासिंघेको जित सहज देखिन्छ तर उक्त पार्टीका सबै सांसदले उनलाई मत नदिन सक्ने सम्भावना छ। श्रीलंकाको अहिलेको आर्थिक संकट ल्याउन राजापाक्षे परिवारको ठूलो भूमिका रहेकाले फेरि उनीहरूले नै समर्थन गरेको मानिसलाई राष्ट्रपति बनाउन हुँदैन भन्ने सोच श्रीलंकामा छ।

छुटाउनु भयो कि ?