Madhyabindu News App
अन्तर्राष्ट्रिय

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

Madhyabindu Online


A A- A+

काठमाडौं – श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । मंगलबार श्रीलंकाको संसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपति निर्वाचित गरेको हो ।

मंगलबारको संसदद्वारा ७३ वर्षिय विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति बनेका हुन् ।

उनले २२५ सांसदमध्ये १३४ सासंदहरुको समर्थन पाएका छन्। उनको विपक्षमा उम्मेदवार बनेका सत्तारुढ दलका सासंद दुल्लास अल्लाहपेरुमाले ८२ सासंदहरुको समर्थन पाएका छन् ।

श्रीलंकाको गम्भिर आर्थिक संकटकाबीच राजनीतिक उथलपुथलको अवधि जारी रहेको छ। गोटाबाया राजापाक्षे देश नै छाडेर भागेपछि श्रीलंकाको राष्ट्रपति पदबाट उनले राजीनामा दिएका थिए ।

पाँच दशकको राजनीतिक जीवनमा ६ पटक प्रधानमन्त्री पनि भइसकेका विक्रमासिंघे पहिलो पटक राष्ट्रपति चुनिएका हुन् ।

छुटाउनु भयो कि ?