अन्तर्राष्ट्रिय

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् ।

उनलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।

भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् ।

छुटाउनु भयो कि ?