Madhyabindu News App
आर्थिक

कानुन कार्यान्वयन फितलो- युनियन अध्यक्ष आचार्य

Madhyabindu Online


A A- A+

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार कानुन कार्यान्वयन गर्न फितलो भएको बताएका छन् ।

नेपाल टेलिकम वर्कस युनियनको ३१ औं वार्षिकोत्सब कार्यक्रममा अध्यक्ष आचार्यले यस्तो विचार राखेका हुन् ।

कार्यक्रममा उनले श्रम ऎन लगायत कानुनमा भएको व्यवस्था कार्यान्वयन गर्न सरकार र व्यवस्थापन दुवै पक्ष फितलो भएको बताए । आचार्यले विभिन्न संस्थानहरुमा कानुन विपरीत आउटसोर्सिङ गरि श्रमिक अधिकार कटौती भईरहेकोले ट्रेड युनियनले सशक्त रुपमा काम गर्नुपर्ने अवस्था आएको बताए ।

अध्यक्ष आचार्यले कम्पनी र श्रमिकको हितमा काम नगरि शक्ति केन्द्रको निर्देशनमा व्यक्तिगत स्वार्थमा लाग्ने व्यवस्थापनको विरुद्धमा उत्रिने समेत चेतावनी दिए ।

नेपाल टेलिकम संचालक समितिका अध्यक्ष बैकुण्ठ अर्यालले कम्पनीको गुणस्तर बढाउन श्रमिक, व्यवस्थापन र सरकार तिनै पक्ष लाग्नुपर्ने विचार राखेका थिए ।

यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक शुनिल पौडेलले आगामी कार्यक्रम सेवा विस्तार र गुणस्तर रहेको बताए । अर्यालले सेवा विस्तार र गुणस्तर सामुहिक प्रयासबाट मात्र हुने भएकोले कर्मचारीको समस्या समाधान गर्न व्यवस्थापन तयार रहेको र विवाद समाधान गर्न श्रम सम्बन्ध समितिलाई क्रियासिल गर्ने प्रतिबद्धता गरेका थिए ।

नेपाल सार्वजनिक संस्था कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले व्यवस्थापन पक्ष निति नियम लागू गराउन इमानदार नबन्दा प्रतिष्ठानमा विवाद आएको र विवाद समाधान गर्न समयमै आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने बताए ।

युनि नेपालका अध्यक्ष एवं टेलिकम संचालक समिति सदस्य शंकर लामिछानेले श्रम बजारमा सामाजिक संवादको संस्कृति कम हुँदै गईरहेको र ट्रेड युनियन अधिकार चौतर्फी कटौतीको घेरामा रहेकोले संवादलाई बढवा दिनुपर्ने बताए ।

युनियनले वार्षिकोत्सवको अवसरमा देशैभर रक्तदान लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु गरेका छन् । कार्यक्रम नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष राजेन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएकोको थियो ।

छुटाउनु भयो कि ?