Madhyabindu News App
अन्तर्राष्ट्रिय

द्रौपदी मुर्मुले भारतमा राष्ट्रपतिको सपथ लिँदै

Madhyabindu Online


A A- A+

नयाँ दिल्ली – भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् ।

मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको न्युज एजेन्सिले जनाएको छ ।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन् ।

सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् ।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९:४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ । पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् । एजेन्सी

 

छुटाउनु भयो कि ?