मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो । यसको घोषणा भने मंगलबार मात्र गर्ने तयारी भइरहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौडेल रहेका थिए ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए ।

छुटाउनु भयो कि ?