Madhyabindu News App
आर्थिक

वाइवाइले मूल्य बढायो, तौल घटायो,

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालको सबैभन्दा बढी रुचाइने चौधरी ग्रुपको चाउचाउ ब्रान्ड ‘वाइवाइ’ले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको छ ।

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी नदिएपनी प्याकटेमा एकै पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्य भन्छन्, ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’

वाइवाइले २० जेठपछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्‍याएको थियो । तर, साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्‍याएको हो ।

प्याकेटमा बढेको मूल्यसँगै वाइवाइले कार्टुनको पनि मूल्य बढेको छ । खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो । अब यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५९५ रुपैयाँ पुगेको छ ।

वाइवाइले चिकेन पिज्जा र क्विक्सलाई २० रुपैयाँ र वाइवाइ जम्बोलाई २५ रुपैयाँ प्रतिगोटामा  विक्री गरिरहेको छ ।

छुटाउनु भयो कि ?