Madhyabindu News App
आर्थिक

अधिकृतहरुको उच्च तलब वृद्धि फिर्ता

Madhyabindu Online


A A- A+

काठमाडौं – अर्थमन्त्रालयले बढाएको अधिकृतदेखि सचिवसम्मको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले क्षेत्राधिकार मिचेर दिएको निर्देशनका आधारमा बढाउन लागिएको तलबको विरुद्ध तल्लोतहका कर्मचारीहरु नै आन्दोलित भएपछि अर्थ मन्त्रालय यो निर्णय फिर्ता लिन वाध्य भएको हो।

सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म बढाउने गरी अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयलाई तलबको नयाँ रोष्टर पठाएको थियो।

कर्मचारी ट्रेड युनियले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर असमान रुपमा तलब वृद्धि नगर्न ध्यानाकर्षण गराएको थियो। यदि अधिकृत तहको मात्रै तलब चोर बाटोबाट बढाउने हो भने आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका थिए।

छुटाउनु भयो कि ?