Madhyabindu News App
अन्तर्राष्ट्रिय

बिहारको मुख्यमन्त्रीमा नीतिश कुमारले लिए आठौंपटक शपथ

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारले पद तथा गोपनियताको शपथ लिएका छन्।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्त भएको भोलिपल्ट उनी आठौंपटक मुख्यमन्त्रीमा पदासीन भएका हुन्।

सात दलीय महागठबन्धनको मंगलबारको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो। तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन्।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिएका छन्। राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायतको उपस्थिती रहेको थियो।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन्। नीतिश कुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ।

छुटाउनु भयो कि ?