
विष्णु माझीको ‘चरी जेलैमा २’ : नयाँ आवरणमा पुरानै संगीत
काठमाडौं – गतवर्ष विष्णु माझीको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो ।
जुन गितका कारण उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो ।
सुन्दरमणीकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त चर्चित गीत ‘चरी जेलैमा’को दोस्रो भाग ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युवमा रिलिज भएको छ ।
संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक र श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन । भिडियो कम्पोज र कोरियोग्राफी पनि दुरुस्तै भएकाले सामाजिक संजालमा यसलाई लिएर आलोचना पनि भएको छ ।
माझीको तीज गीत अब युट्युव प्लेटफर्ममा मात्र सीमित नरहेर यसपटकदेखि स्पटीफाइ, एप्पल म्युजिक, टाइडल, अमेजन म्युजिक, युट्युव म्युजिकमा पनि उपलब्ध छ ।