Madhyabindu News App
स्वास्थ्य

थप ८१५ जना कोरोना संक्रमित, पाँच जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – बिहीबार ८१५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टा २ हजार ४११ आरटी पीसीआर र २ हजार १२३ गरी ४ हजार ५३४ जनाको परिक्षण गरिएको थियो। यो अवधिमा ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कुल सक्रिय संक्रमितमध्ये काठमाडौँमा २ हजार ९ सय २२, ललितपुरमा ८ सय ६८ र भक्तपुरमा ८९ जना गरी ३ हजार ८ सय ७९ जना काठमाडौँ उपत्यकामा छन्।

छुटाउनु भयो कि ?