Madhyabindu News App
मुख्य खबर​

फोहर बोकेका गाडी बाटोमै अलपत्र

Madhyabindu Online


A A- A+

काठमाडौं – स्थानियको अबरोधका कारण काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी बाटोमै रोकिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका स्थानीय प्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा जाँदै गरेका गाडी बीच बाटोमै रोकेका छन् ।

यसअघि नै सिसडोल र बञ्चरेडाँडाको स्थानीय सरोकार समितिले पटक पटक फोहर व्यवस्थापनमा अवरोध गर्दै आएकोमा अहिले सत्तारुढ दलकै स्थानीय प्रतिनिधिले विज्ञप्ती नै निकालेर फोहर फाल्न नदिने घोषणा गरेका छन् । सत्तारुढ दललाई नेकपा एमाले र राप्रपाले पनि साथ दिएका छन्।

आइतबार धादिङको धुनिबेशी नगरपालिका १ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

छुटाउनु भयो कि ?