Madhyabindu News App
राजनीति

प्रचण्डलाई निर्वाचन आयोगको प्रश्न, १० करोड कसले कहाँ खर्च गर्यो ?

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिमाथि थप विवरण मागेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

प्रचण्डले ९ साउनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताएका थिए ।

निर्वाचन आयोगले प्रचण्डको सोही अभिव्यक्तिलाई स्पष्ट पार्न आग्रह गरेर पत्र लेखेको आयोगका एक अधिकारी बताउँछन् ।

उनका अनुसार, त्यसरी अभिव्यक्ति दिनुको आधार के हो र कुन गाउँपालिकाका अध्यक्षले रकम खर्चेका हुन्, विवरण उपलब्ध गराइदिन अनुरोध गरी पत्राचार भएको हो ।

छुटाउनु भयो कि ?