मुख्य खबर​

मंगलबारको संसद बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाइने

Madhyabindu Online


A A- A+

काठमाडौं – नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपति कार्यालयबाट पठाइएको नौ पृष्ठ लामो १५ बुँदे सन्देशमाथि संसदमा छलफल गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाइएको सन्देशबारे प्रतिनिधि सभालाई मंगलबार जानकारी गराउन लागिएको हो ।

प्रतिनिधि सभाको मंगलबारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनःविचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रवारे जानकारी गराउने’ उल्लेख छ ।

संसदको कार्यसूचीमा योसँगै सभामुख अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराउनेलगायत अन्य कार्यक्रम राखिएको छ ।

छुटाउनु भयो कि ?