कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

देशभर थप ८८८ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५७३७ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ४७४ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १ लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा ५ हजार ३८७ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।