
राप्रपामा गठबन्धन र तालमेलको अधिकार अध्यक्ष लिङ्देनलाई
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन, तालमेल र सहकार्यका लागि निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिने निर्णय गरेको हो।
त्यस्तै बैठकले लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समितिसमेत गठन गरेको छ।
त्यसैगरी, घोषणापत्र तयारीका लागि प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा. जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ।