कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल, ४ करोड ६० लाख अमेरिकी डलर जरिवाना
काठमाडौं – मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले १२ वर्ष जेल सजाय सुनाएको छ ।
मंगलबार मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो ।
६९ वर्षीय रजाकलाई मलेसियाको तल्लो अदालतले दोषी ठहर गरेको थियो । तर उनी धरौटीमै बाहिर थिए । साथै उनको पुनरावेदन पनि विचाराधीन थियो ।
मंगलबार संघीय अदालतले त्यही मुद्दामा सुनुवाइ गरेको हो । अदालतले रजाकको पुनरावेदन खारेज गर्दै उनलाई १२ वर्ष जेल सजायका साथै ४ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत सुनाएको छ । प्रधानन्यायाधीश तेंग्कु माइमन तुआन म्याटले नजिबको पुनरावेदन सर्वसम्मतिले खारेज गरेको बताएकी थिइन् ।
नजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र करछलीको आरोप लागेको छ । उनले भने आफू निर्दोष रहेको बताउँदै आएकी छिन् । उनको मुद्दामा उच्च अदालतले आगामी सेप्टेम्बर १ मा फैसला सुनाउँदै छ ।